कस्ता पुरुषहरुले महिलाको ध्यान तान्छन् ?


 



काठमाडौं, असोज ६
स्वभावले नै महिला पुरुषतिर र पुरुष महिलातिर आकर्षित हुन्छन् नै । तरपनि कस्ता पुरुष वा महिलाले विपरित लिङ्गीलाई आफूतिर बढी आकर्षित गर्छन् भन्ने मुख्य विषय हो ।

यहाँ कस्ता पुरुषहरुले महिलालाई आफूतिर आकर्षित गर्छन् भन्ने सन्दर्भ छ । जस्तैः

स्टामिना : कुनैपनि पुरुषको स्टामिना बलियो छ भने त्यसै राम्रो देखिन्छ । त्यसमा पनि अझ बलियो छ भने महिलाहरु त्यो पुरुषसंग आकर्षित हुन्छन् ।

खुट्टाको सफाई
यदि कुनैपनि पुरुष महिलाको नजिक हुन चाहन्छन् भने उनीहरुले आफ्नो खुट्टाको सफाई गर्न जरुरी छ । किनभने महिलाहरुले पुरुषको खुट्टामा ध्यान दिने गर्छन् ।

दाँत
महिलाहरुले मन्द मुस्कानसहित मिलेका र सेतो चम्किलो दाँतयुक्त पुरुषतर्फ ध्यान दिन्छन् । जसले गर्दा महिलाहरु आकर्षित हुन्छन् । यस कुरामा पनि पुरुषहरुले ध्यान दिनुपर्छ ।

कपाल
स्वस्थ तथा मिलाएर काटिएका कपालतिर पनि महिलाको ध्यान पुग्ने गर्छ । हेयर स्टाइल पनि राम्रो छ भने त्यो पुरुष महिलाको नजरमा पर्छ ।
स्लिम बडी महिला वा पुरुष जसलाई पनि स्लिम बडी नै मन पर्छ । महिलाहरुलाई अधिकांश स्लिम तथा फिट भएका पुरुषलाई नै मन पराउने गर्छन् ।

प्रकाशित मिति: ६ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्