एनआरएनए महिला उपाध्यक्षमा उम्मेद्वारी दिने रञ्जुको तयारी


 



काठमाडौं, असोज ९
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिसमन्वय परिषद (एनआरएनए आइसीसी)को महिला उपाध्यक्षका लागि रञ्जु वाग्ले थापाले उम्मेद्वारी दिने तयारी गरेकी छन् ।

लामो समयदेखि संघमा आबद्ध रञ्जुले आगामी समितिको लागि उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेकी हुन् । अष्ट्रेलिायामा बस्दै आएकी रञ्जुले आफ्नो उम्मेद्वारीका लागि शुभचिन्तकहरुसंग सम्पर्क बढाएकी छन् ।

एनआरएनए आइसीसीको आगामी २०१९–२०२१को लागि हुने अधिवेशन अक्टोम्बर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । संघका पूर्वसचिव र प्रवक्तासमेत रहेकी रञ्जु सन १९९५ देखि अष्ट्रलियामा बस्दै आएकी छन् । उनी २००५ देखि संघमा आबद्ध रहँदैआएकी छन् ।

महिला सशक्तिकरणको लागि महिला फोरम स्थापना गर्दै २००९ मा सो नेतृत्वसमेत उनले गरेकी थिइन् । उनी २००५ मा एनआरएनए अष्ट्रेलियाको उपाध्यक्षसमेत भएकी थिइन् ।

त्यसपछि २००७–२०११ सम्म महिला उपसंयोजक, २०११–२०१३ महिला संयोजक बनिन् । त्यस्तै, २०१३–२०१७ सचिव र २०१५ २०१७ मा आइसीसीको प्रवक्ताका रुपमा उनले काम गरेकी छन् ।

प्रकाशित मिति: ९ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्