आईसीसी बरियतामा पारस खड्का गेल र शर्मा भन्दा अगाडि, नेपालका बसन्त र सोमपाल पनि बरियताक्रममा


 



काठमाडौं, असोज १०
आईसीसी बरियामा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का भारतका रोहित शर्मा र वेस्टइन्डिजका क्रिस गेल भन्दा अगाडि देखिएका छन् ।

खड्काले टी–२० अन्तर्राष्टियको अलराउण्डर बरियतामा यी दुई खेलाडी भन्दा अगाडि आएका हुन् । नयाँ बरियतामा पारस २७ औ. स्थानमा छन् भने रोहित शर्मा ४० र गेल ४४ नम्बरमा छन् ।

पारस रेङिमा ९० औं स्थानमा छन् । उनी दुई महिनाअघि २५ औ. स्थानमा थिए । त्यस्तै, व्याटिङतर्फ ६६ औ. स्थानमा छन् ।


नयाँ बरियतामा कप्तान खड्कासंगै नेपालका बसन्त रेग्मी र सोमपाल कामी पनि रहेका छन् । बलिङमा नेपाली टोलीका रेग्मी ४११ रेटिङ ठघ औं स्थानमा छन् भने कामी ३९१ रेटिङ पाउँदै ७८ औ. स्थानमा छन् ।

अलराण्डरतर्फ सोमपाल ६७ औं स्थानमा यथावत छन् । आईसीसीको टोलीमा टी–२० बरियतामा नेपाल ११ स्थानमा छ भने एक दिवसीय बरियतामा १७ औं स्थानमा छ ।

प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्