सबै पुरस्कारको रकम संस्थालाई


 


बागलुङ, ११ असोज

साहित्यकार काजी रोशनले आफूले पाएका सबै पुरस्कार र सम्मानबापतको रकम धौलागिरि साहित्य प्रतिष्ठानलाई प्रदान गर्दै अएका छन । हालसम्म राष्ट्रिय र क्षेत्रीयस्तरमा प्राप्त १६ वटा पुरस्कार\सम्मानको रकम प्रतिष्ठानलाई समर्पित गरेको साहित्यकार रोशनले बताए ।

उनले पहिलोपटक विसं २०४५ मा पाएको युवा वर्ष मोती पुरस्कारको रकम रु सात हजार ५०० प्रतिष्ठानलाई हस्तान्तरण गरेका थिए । “पुरस्कारको एक रुपैयाँ पनि यताउता गरेको छैन, सबै प्रतिष्ठानको कोषमा जम्मा गर्दै आएको छु”, रोशनले भने।

साहित्यको सेवा र उत्थानका लागि पुरस्कार\सम्मानबाट पाएको रकम प्रतिष्ठानको कोषमा जम्मा गर्दै आएको उनको भनाइ थियो । रोशन प्रतिष्ठानका संस्थापक एवं अध्यक्षसमेत छन । उनले पाएका सबै पुरस्कार गरी रु दुई लाखभन्दा बढी प्रतिष्ठानको कोषमा जम्मा भइसकेको छ ।

विसं २०४१ मा प्रतिष्ठान स्थापना गर्दा राखिएको रु ११ हजारको कोष बढेर अहिले १० लाख पुगेको प्रतिष्ठानका संस्थापक सदस्य श्याम श्रेष्ठले बताए । “साहित्यकार रोशनले पुरस्कारबाट आएको र अन्य व्यक्तिगत रकमसमेत कोषमा राख्दै अएका छ”, सदस्य श्रेष्ठले भने।

प्रतिष्ठान खोल्दा रोशन र श्रेष्ठले रु ५०० का दरले रकम राखेर कोष खडा गरेका थियो । “साहित्यमै जीवन समर्पण गरेपछि मलाई अरु केही स्वार्थ छैन”, प्रतिष्ठानका अध्यक्ष रोशनले भने, “संस्थालाई कहीँबाट सहयोग आउँदैन, साहित्यको सबै काम व्यक्तिगत पहलमा गरिरहेको छु ।”

उनले युवा वर्ष मोती पुरस्कारसँगै विसं २०६७ मा क्षेत्रीय प्रतिभा पुरस्कार, विसं २०६८ वासु शशी स्मृति पुरस्कार, विसं २०७३ मा भीमनिधि तिवारी साहित्य सम्मानलगायत डेढ दर्जन बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन ।

बागलुङ बजार निवासी साहित्यकार रोशनले आफू सरकारी सेवामा रहँदा पनि मासिकरुपमा केही रकम प्रतिष्ठानकै कोषमा जम्मा गर्ने गरेको स्मरण गरे । “सरकारी सेवाका क्रममा पाउने भत्ता र लेखा परीक्षकको रुपमा चार वर्ष काम गर्दा आएको पैसासमेत प्रतिष्ठानलाई हस्तान्तरण गरेको छु”, रोशनले भने।

उनले साहित्यिक कामका लागि विसं २०३५÷३६ तिर दैनिक रु दुई सङ्कलन गर्ने गरेको सुनाए । सरकारी सेवाबाट निवृत्त हुँदा प्राप्त रकमबाट समेत केही रकम प्रतिष्ठानलाई छुट्टाएको उनको भनाइ थियो । प्रतिष्ठानले हरेक दुई वर्षमा प्रदान गर्ने राष्ट्रियस्तरको काजी रोशन साहित्य पुरस्कार सोही कोषबाट प्रदान हुँदै आएको छ ।

प्रतिष्ठानले वर्षेनी भानु, भूपी, मोती जयन्तीलगायत विभिन्न साहित्यिक कार्यक्रम तथा अभियान सञ्चालन गर्दै आएको छ । साहित्यकार रोशनका ‘मानसरोवरमा डुबुल्की मार्दा’ ९नियात्रा०, ‘एम्बुस’, ‘देश र फूलदानी’ ९कविता० लगायत विभिन्न विधाका दर्जनौँ कृति प्रकाशित छन् ।

प्रकाशित मिति: ११ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्