‘खुला सिमानाका कारण शान्ति सुरक्षामा चुनौती’:मुख्यमन्त्री राउत



धनुषा, ११ असोज

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताएका छन । शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज दोस्रो दिन सम्बोधन गर्दै उनले प्रदेशका सबै जिल्ला भारतसँग जोडिएर रहेका र सीमाक्षेत्र खुल्ला हुँदा शान्तिसुरक्षा कायम गर्न चुनौती रहेको बताए ।

रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताएका छन । शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज दोस्रो दिन सम्बोधन गर्दै उनले प्रदेशका सबै जिल्ला भारतसँग जोडिएर रहेका र सीमाक्षेत्र खुल्ला हुँदा शान्तिसुरक्षा कायम गर्न चुनौती रहेको बताए ।

उनले भने, “सङ्घीयता कार्यान्वयनसँगै सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सुरक्षासंयन्त्र परिचालन गरिए अपराधिक घटना न्यूनीकरण गर्न सकिन्छ ।” मुख्यमन्त्री राउतले सरकारको पहिलो दायित्व नै शान्ति सुरक्षा रहेकाले यसका लागि आ–आफ्नो ठाउँबाट सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

गृहमन्त्रालय र प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा शुक्रबारदेखि चलिरहेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मूलभूत लक्ष्यप्राप्ति र विद्यमान समस्या समाधानका लागि सुरक्षा निकायबीच साझा अवधारणा विकास गर्ने उद्देश्यकासाथ गोष्ठी सञ्चालन गरिएको बताए ।

उनले सबै सुरक्षा निकायका अधिकारीले आपसमा समस्या र राष्ट्रिय सङ्कल्पलाई बुझेर अगाडि बढ्न गोष्ठी सफल हुने विश्वास गरे । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका पृतनापति नरेशचन्द्र भट्ट तथा गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजीत राईलगायतको सहभागिता थियो ।

गोष्ठीमा प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, नेपाली सेनाका अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको पनि सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News