ज्ञानेन्द्र शाहीको पक्षमा उत्रिए बद्री पंगेनी, सार्वजनिक फोरममै नेकपालाई यसरी सम्झाए


 


काठमाडौं, असोज १३

गणतन्त्रवादी गायक बद्री पंगेनी सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको पक्षमा उभिएका छन्।
गायक पशुपति शर्माको लुट्न सके लुट कान्छा विज्ञप्ति प्रकरण, ज्ञानेन्द्र खड्कालाई प्रतिबन्ध लगाउने कुराहरु राम्रो नभएको बताए। युवा संघका सहअध्यक्ष रमेश पौडेलकै अगाडि पंगेनीले सत्ता पक्षजस्तो भएर प्रतिपक्षीजस्तो व्यवहार नगर्न सुझाव दिए। सत्ता पक्षले धेरै सुन्नुपर्ने र धेर्य गर्नुपर्ने उनको भनाई छ।

ज्ञानेन्द्र शाहीमाथि कुटपिट हुनु राम्रो नभएको उनले बताए। लोकतन्त्र र गणतन्त्र अभिव्यक्ति स्वतन्त्रताका लागि भएको बताउँदै पंगेनीले बोल्न र प्रवेश प्रतिबन्ध स्वीकार्य नभएको बताए।

ज्ञानेन्द्र शाहीले गरेका क्रियाकलापहरु राष्ट्र, लोकतन्त्र र गणतन्त्र विरुद्ध भएमा त्यसलाई प्रमाणसहित जनतामा कारवाही गर्ने कुरा बेग्लै भए पनि सत्तारुढ दलका युवाहरु आक्रमणमा उत्रिनु गलत भएको बताए। सरकार र त्यसका नेताहरु वैचारिक बहस उत्रिनुपर्ने उनको भनाई छ। उनले परिवर्तनविरुद्ध हुनसक्ने खतरा निमिट्यान्न पार्न र देश समृद्ध बनाउन सत्ता र प्रतिपक्ष मिलेर जानुपर्नेमा समेत जोड दिए।

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्