बलात्कारको आरोप लागेपछि सभामुखद्वारा राजीनामा (विज्ञप्तिसहित)




काठमाडौं, असोज १४
यौन दुव्र्यवहारको आरोप लागेपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सचिवालयमा कार्यरतसमेत रहेकी एक महिलामाथि बलात्कारको आरोप लागेपछि उनले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेमार्फत राजीनामा पेश गरेका हुन् ।
उनले आफूमाथि लागेको आरोपमा सत्यतथ्य छानविनमा सहज होस् भने राजीनामा दिएको बताएका छन् ।
सभामुख महरामाथि बलात्कारको आरोप लागेको विषयमा सोमबारदेखि समाचारहरु आएपछि एक दिनपछि उनले पदबाट राजीनामा दिएका हुन् । ‘मेरो चरित्रमाथि नै आँच आउने गरि गम्भीर आरोप लागेको छ,’ विज्ञप्तिमार्फत उनले भने भनेका छन्, ‘त्यसबारे सत्यतथ्य छानविन होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको छु ।’ उनले छानविन प्रक्रिया नसकिदासम्म राजीनामा दिएको उल्लेख गरेका छन् ।
यसअघि बसेको नेकपाको सचिवालय बैठकले बलात्कार आरोप लागेपछि सभामुख महरालाई राजीनामा दिन सुझाव दिएको थियो । सभामुख महराले आफूमाथि बलात्कार गरेको भनेर महिलाले पनि भिडियोसमेत सार्वजनिक गरिसकेकी छन् । सभामुखको सचिवालयले सोमबार साँझ नै विज्ञप्ति निकालेर सभामुखमाथि लागेको आरोप निराधार र फसाउने षड्यन्त्र भएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News