पोखरामा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड हुने



कास्की, १४ असोज

पोखरामा आगामी असोज २९ गते अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिता हुने भएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेसन एशोसियशन (केएमइए) को आयोजनामा हुने प्रतियोगितामा दुबै देशका गरी करीब ३० टिम सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विश्वशङ्कर पालिखेले बताए ।

सो प्रतियोगितामा चीनबाट सहभागी हुने १० टिमका लागि ३० खेलाडी र अन्य पदाधिकारी गरी ६० जना आउने बताइन्छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गरी १० तथा पोखराबाट १० टिमको सहभागिता रहनेछ ।

यहाँका पर्यटकीय सम्भावनाबारे विश्वलाई जानकारी गराई पर्यटकको बसाइँ लम्बाउने तथा साहसिक पर्यटनको पर्याय नेपाल हो भन्ने बारेमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पालिखेले बताए ।

दौड पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट शुरु हुनेछ । दौडको दूरी २२ किमी, साइक्लिङ १९ र एक दशमलव दुई किमी ‘बोटिङ’ रहेको उनको भनाइ छ । दौडका क्रममा धावक एक हजार ३०० मिटर उचाइको मट्टिखान तथा पुम्दीभुम्दीसम्म पुग्ने बताइन्छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई ट्रफी र मेडल प्रदान गरिने तथा चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन पाउनेछन् ।

कार्यक्रमलाई चिनियाँ टेलिभिजन तथा पत्रपत्रिकामासमेत महत्वका साथ प्रचारप्रसार गराउने लक्ष्य रहेकाले यसबाट चिनियाँ बजारमा नेपाल र पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास आयोजकको छ ।

कार्यक्रमले गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष २०१९, नेपाल भ्रमण वर्ष तथा सन् २०२२ मा गण्डकीमा २० लाख पर्यटक ल्याउने सरकारी योजनालाई सफल बनाउन मद्दत पुग्ने र पर्यटकको बसाइँ लब्याउन सहयोगी हुने पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News