सुनचाँदीको मूल्य फेरि बढ्यो, हेर्नुहोस् कति पुग्यो आज ?


 



काठमाडौं, असोज १५
नेपाली बजारमा आज फरि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा आज ६ सय रुपैयाँ बढ्दै प्रतिकिलो ६९ हजार आठ सय पुगेको छ । सुन हिजो प्रतितोला ६९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ३५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्