डीपीएलको चौथो संस्करण फागुन पहिलो सातादेखि


 



धनगढी, असोज १६
धनगढी प्रिमियर लिग (डीपीएल)को चौथो संस्करण आगामी फागुनको पहिलो सातादेखि हुने भएको छ ।

प्रतियोगिता आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले विहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता फागुन ३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।

प्रतियोगितामा देशका विभिन्न शहरको प्रतिनिधित्व गर्दै ६ टीमको सहभागिता हुने जनाइएको छ । प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगितासमेत हुने आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्