नेकपाले सभामुख नछोड्ने, यस्तो छ तयारी


 



काठमाडौं, असोज १७
नेकपाले सभामुख पद बाहिर जानन नदिने तयारी गरेको छ । बलात्कार आरोपपछि कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपा भित्रै सभामुखको खोजी सुरु भइसकेको छ ।

यसका लागि नेकपाले उपसभामुख शिवमाया तुबहाम्फेलाई राजीनामा दिन लगाउने तयारी पनि भएको छ । उपसभामुख नेकपाकै भएका कारण उनलाई राजीनामा लराउने तयारी भएको हो ।

सभामुख र उपसभामुख एकै दलका बनाउन नपाइने संवैधानिक व्यवस्था छ । यसअघि महरा तत्कालिन माओबादी केन्द्रबाट थिए भने उपसभामुख तुम्बाहाम्फे तत्कालिन एमालेबाट प्रतिनिधित्व गर्थिन् ।

उपसभामुख अन्य दलले लिएपनि सभामुख नछोड्ने नेकपाका सांसद रामनायण बिडारीले बताए ।

प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्