चीनबाट बन्द भयो सामसुङको कारखाना, प्रतिस्पर्धा गर्न सकेन


 



एजेन्सी,
दक्षिण कोरियाली कम्पनी सामसुङले चीनबाट आफ्नो अन्तिम स्मार्टफोन कम्पनी उत्पादन कारखाना बन्द गराएको छ । अब चीनबाट सामसुङका फोन उत्पादन हुने छैनन् ।

सामसुङय यसअघि पनि चीनमै रहेको अर्को कम्पनी पनि बन्द गराएको थियो । चीनमा बढ्दो श्रमिकको ज्याला र अन्य उत्पादनसंग प्रतिस्पर्धा गर्न नसकेपछि सामसुङले कारखाना बन्द गराएको हो ।

चीनमा यसअघि २५ प्रतिशत बजार ओगटेको सामसुङको बजार अहिले १ प्रतिशत मात्रै छ । चीनमा स्थानीयस्तरमै उत्पादन भएको स्मार्ट फोहनहरुले बजार लिएको छ । चीनबाट कारखाना हटाएपछि कम्पनीले अन्य देशमा कारखाना खोल्ने जनाएको छ ।

प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्