पद जोगाउन महरा लबिङमा, सांसदबाट पनि राजीनामा दिन दवाव


 



काठमाडौं, असोज १८
बलात्कार आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सांसद पदबाट पनि राजीनामा दिन दवाव परेको छ ।

पार्टी भित्रे र बाहिरबाट पनि सांसदबाट पनि राजीनामा दिन दवाव परेपछि महराले अहिले पद जोगाउन लबिङ गर्न थालेका छन् । कान्तिपुरमा खबर छ ।

उनले सांसदबाट राजीनामा नदिएपछि उनको आलोचना बढेको छ । संसद सचिवालयकै कर्मचारीले बलात्कार गरेको आरोप लगाएपछि महरालाई पार्टी सचिवालयको बैठकले सभामुख र सांसदबाट राजीनामा दिन निर्देशन दिएको थियो ।

तर, उनले सभामुखबाट मात्रै राजीनामा दिएका छन् । महिलासंग सम्बन्धन रहेको स्वीकार गर्ने तर, पार्टीको निर्देशन नमान्ने नहुने भन्दै उनको पार्टी भित्रैबाट राजीनामा दिन दवाव परेको छ ।

प्रकाशित मिति: १८ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्