चिनियाँ राष्ट्रपतिको स्वागतका लागि यसरी हुँदैछ तयारी


 



काठमाडौं, असोज १८
यही असोजको अन्तिम सातातिर हुन लागेको चीनका राष्ट्रपति सी जिङपिङको भेपाल भ्रमणका लागि तयारी तीब्र पारिएको छ । उनको स्वागतका लागि विभिन्न निकायहरुलाई तयारी गर्न जिम्मेवारी दिइएको छ । गोरखापत्रमा खबर छ ।

सरकारको विशिष्ट निकाय, गृहमन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारलगायत सबै निकाय राष्ट्रपति सी को स्वागतका लागि तयारीमा जुटेका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले चीनका राष्ट्रपतिको स्वागतका लागि सरकारले तीब्र तयारी पारेको बताए । उनले राष्ट्रपति सी को औपचारिक भ्रमणको मिति भने तोकिएको छैन ।

प्रकाशित मिति: १८ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्