नगदसहित आठ जना जुवाडे मध्यरातमा पक्राउ


 



कोहलपुर, असोज १९
बाँकेको बैजनाथ गाउँपालिकाबाट शनिबार मध्यराति आठ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ बाट जुवा खेलिरहेका आठ जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।

जुवा खेलिरहेकाहरुलाई ९० हजार बढी रुपैयाँसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चाडपर्वलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालयले सुरक्षा व्यवस्थामा कडाई गरेको जनाएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्