यस्तो छ प्रधानमन्त्री ओलीको टिका कार्यक्रम (तालिका सहित)


 


काठमाडौं, असोज २०
प्रधानमन्त्री केपी शर्मा ओलीेले विजयादशमकिो दिन नेता, कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । टिकाको दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म टिका लगाइदिने गरी कार्यक्रम तया भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दिउँसो २ बजेदेखि ४ बजेसम्म मन्त्री, सांसद, नेता, र विशिष्ट व्यक्तिलाई प्रधानमन्त्री ओलीले टिका लगाइदिने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । त्यस्तै दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता र शुभचिन्तक एंव इच्छुकलाई टिका लगाइदिने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले टिकाको साइतमा आफ्ना पिता मोहन प्रसाद ओलीको हातबाट टिका र आशिर्वाद लिनेछन् । आज प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउँदैछन् ।

प्रकाशित मिति: २० आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्