महराको बयान दशैंपछि मात्रै, हिरासतको बसाई लम्बिने


 


महराको बयान अदालत र सरकारी वकिल कार्यालय खुलेपछि मात्रै सुरु हुने काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुबेदीले बताए । उनकाअनुसार अदालत एकैपटक २८ गते मात्रै खुल्नेछ ।

अदालत खुलेपछि मात्रै प्रहरीले म्याद थपको अनुमति लिनेछ । त्यसपछि मात्रै दुबै पक्षको बयान लिने काम हुनेछ । दशैं विदा २६ गतेसम्म मात्रै भएपनि पूर्वन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालत बन्द हुनेछ ।

अदालत ढिलो खुल्ने भएकाले महराको दशैं हिरासतमै बित्नेछ । महराले संसद सचिवालयमा करारमा कार्यरत रोशनी शाहीलाई बलात्कार प्रयास भएको उजुरी प्रहरीमा परेको छ ।अदालत ढिलो खुल्ने भएकाले महराको दशैं हिरासतमै बित्नेछ । महराले संसद सचिवालयमा करारमा कार्यरत रोशनी शाहीलाई बलात्कार प्रयास भएको उजुरी प्रहरीमा परेको छ ।

प्रकाशित मिति: २० आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्