प्रधानमन्त्री ओलीद्वारा दशैंको शुभकामना सन्देश जारी, भने– परम्पराका नाममा नराम्रा प्रचलन तोडौं


 



काठमाडौं, असोज २१
प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ ।

दशैंको मुख्य दिन टीकाको दिनको अवसरमा शुभकामना दिँदै उनले परम्पराका नाममा नराम्रा कामलाई नअँगाल्न आग्रह गरेका छन् । दशैंलाई भव्यताका साथ मनाउन आग्रह गर्दै उनले नराम्रा प्रचलनलाई तोड्दै जानुपर्ने बताए ।

साथै उनले चाडपर्वलाई आफ्नो गच्छेअनुुसार बनाउन पनि आग्रह गरेका छन् । ‘चाडपर्वलाई गच्छेअनुसार मनाउनुपर्छ, तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुनुपर्छ ’ जारी शुभकामना मन्तव्यमा उल्लेखछ ।

प्रधानमन्त्री ओलीले यस चाडले सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा अब मजबुद बनाउदै लैजाने बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन दशैंले प्रेरणा दिने आशा पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २१ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्