दुईवटा सहकारीले मात्रै बेच्यो यति धेरै खसीबोका


 



काठमाडौं, असोज २२
पूर्व नवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै दशैंमा अढाई करोडका खसीबोका विक्री गरेको छ ।

हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबेसी सामाजिक उद्यमी महिला सहकारी र नवलपुस्थित मैनाघाट स्थित मैनाघाट सामाजिक उद्यमी महिला सहकारी संस्थाले मात्रै दुई करोड ५० लाख रुपैयाँ बराबरको खसीबोका विक्री गरेको हो ।

गएको १० दिनको अवधिमा सहकारीले स्थापना गरेको संकलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोक विक्री गरिएका हुन् । जसमध्येहुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले मात्रै दुई करोड ३० लाख मूल्य बराबरका खसीबोका विक्री गरेको छ ।

मैनाघाट सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३० लाख मूल्यका खसीबोका विक्री गरेको छ । सहकारीले स्थापना गरेको संकलन केन्द्रमा किसानबाट संकलित खसीबोका विक्री गरिएको हो ।

बडादशैं सुरु भएपछि नवमीसम्ममा एक हजार ७६३ वटा खसीबोका विक्री गरिएको व्यवस्थापक सुशीला परियारले बताइन् । संकलन केन्द्रमार्फत जिल्लाका अन्य सहकारीहरुबाट पनि खसीबोका विक्री गरिएका थिए ।

प्रकाशित मिति: २२ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्