तीन जुवाडे पक्राउ, ९८ हजार रुपैयाँ बरामद


 



कोहलपुर, असोज २३
प्रहरीले कोहलपुरबाट तीन जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।

सूचनाको आधारमा प्रहरीले कोहलपुर नगरपालिकास्थित पुष्पराज खनालको घरमा जवा खेलिरहेका बेला तीन जनालाई पक्राउ गरेको हो । जुवा खेलिरहेका तीन जना फरार रहेका छन् ।

पक्राउ परेका कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्रीका साथबाट प्रहरीले ९८ हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

प्रकाशित मिति: २३ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्