विप्लव समूहका सिन्धुली जिल्ला इन्चार्ज पक्राउ


 



सिन्धुली, असोज २३
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सिन्धुली जिल्ला इन्चार्ज बर्तमान राई पक्राउ परेका छन् ।

राईलाई प्रहरीले जिल्लाको हरिहरपुगढी गाउँपालिका २ बख्खरस्थित घरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्