मालपोतका हाकिमसाब यस्तो अवस्थामा भेटिएपछि…


 


कञ्चनपुर, असोज २३
बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख एक विवाहित महिलाको घरबाट पक्राउ परेका छन् । मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् ।

प्रमुख ऐडीलाई एक ३४ वर्षीया महिलासँग आपत्तिजनक अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । स्थानीयको सूचनाका आधारमा प्रहरीले प्रमुख ऐडीलाई पक्राउ गरेको हो । त्यस्तै मालपोत प्रमुख ऐडीसहित उनलाई घरमा बोलाउने महिला पनि पक्राउ परेकी छन् ।

ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको जानकारी दिए । प्रमुख ऐडी र महिला बुधबार राति आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार दुवै जनालाई हिरासतमा राखेर सोधपुछ गर्ने काम भइरहेको छ । साथै उनीहरुका परिवारलाई पनि बोलाइएको छ । डडेल्धुरा स्थायी घर भएका मालपोत कार्यालय प्रमुख दशैँ विदामा घर गएका थिएनन् ।

उनका श्रीमती र एक छोरी छन् भने महिलाका दुई छोरा रहेको बताइएको छ । प्रहरीले मालपोत प्रमुख ऐडी र महिलाका परिवारलाई बोलाएर छलफल गरेपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्