सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् कति छ आज ?


 



काठमाडौं, असोज २४
नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला ७० हजार चार सय रुपैयाँमा झरेको छ । सुन दशैंअघि प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ४५ रुपैयाँमा झरेको छ । चाँदी दशैंअघि प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्