आफूलाई प्रहरी भन्दै पैसा अशुल्ने पक्राउ


 



जनकपुरधाम, असोज २५
आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै पैसा अशुल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारणलाई धम्की दिएर पैसा अशुल्ने धनुषाको मिथिला विहारी नगरपालकाका एक युवक २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले शुक्रबार साँझ जिल्लाको विदेश नगरपालिकाबाट सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इटहर्वास्थित सशस्त्र प्रहरी गणबाट सहायक प्रहरी निरीक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

साहलाई भारतको हरिने बजारबाट आउने सर्वसाधारणबाट प्रहरी भन्दै चेकजाँच गर्दै धम्की दिएर पैसा अशुल्दै गरेको अवस्थामा पक्राउ गरिएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले बताए ।

उनकाअनुसार साह बजारबाट आउने जानेलाई विभिन्न वाहानामा चेकजाँच गर्ने, भारतीय गाडी चेकजाँच गर्ने, कागजात खोजने र नभेटिए गाडी नै खोस्ने काममा लागेका थिए ।

प्रहरीले उनीसंगै उनले प्रयोग गर्ने मोटरसाइकल, मोबाइल र अन्य सामग्री पनि बरामद गरेको छ ।

प्रकाशित मिति: २५ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्