चिनियाँहरुकै अगाडि उपप्रम पोखरेलले सी चिनफिङलाई ‘महामहिम राजदूत’ भनेपछि…



काठमाडौं, असोज २७

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चिनियाँ राजदूत भनेर चिप्लिएका छन् ।

‘सिल्क रोड युथ फोरम’ले सोमबार राजधानीमा आयोजना गरेको ‘चाइना–नेपाल युथ कोअपरेशन कन्फरेन्स’मा सम्बोधनका क्रममा तीन पटक सी चिनफिङको नाम लिएका पोखरेलले तिनै पटक ‘महामहिम राजदूत सी चिनफिङको भ्रमणले…’ भनेर उच्चारण गरेका थिए । कार्यक्रममा चीनका लागि नेपाली राजदूत लिलामणी पोखरेल, चिनियाँ राजदूत होउ यान्छी, अन्य चिनियाँ पदाधिकारीको बाक्लो उपस्थिती थियो । उपप्रम चिनियाँहरुकै अगाडि तीनपटकसम्म चिनियाँ राष्ट्रपतिलाई चिनियाँ राजदूतका रुपमा सम्बोधन गरेपछि मञ्चमा उपस्थित नेकपा नेता सूर्य थापा लगायत सहभागीहरु हाँसेका थिए।

अन्तिममा आफूले गल्ती बोलेको थाहा पाएका उपप्रम पोखरेलले माफी भने मागेनन्।

यद्यपि चिनियाँ राष्ट्रपतिलाई राजदूत भनेपनि उपप्रम पोखरेलले सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए। भ्रमणले नेपालीमा नयाँ आशा र उत्साह थपेको उनको भनाई थियो।

भ्रमण द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ऐतिहासिकरुपमा सफल भएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले चीनको सहयोगले नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। ‘नेपाल र चीन दुवै देश पुराना मित्र हुन् । हाम्रो मित्रतामा कहिल्यै आँच आएन, बरु सहयोगी सम्बन्ध रहिरह्यो । दुवै देशबीच जनस्तरमा पनि बलियो सम्बन्ध रहिआएको छ ।’ नेपालले चीनको विकास र समृद्धिबाट सिक्न चाहेको उनको भनाई थियो ।

फोरमका उपाध्यक्ष तथा महासचिव यङ दोङपिङले नेपाल र चीनबीचको सम्बन्ध माथि प्रकाश पार्दै दुवै देशको आर्थिक विकास र समृद्धिका लागि द्विपक्षीय सहकार्यमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News