सुनचाँदीको मूल्य फेरि बढ्यो


 



काठमाडौं, असोज २८
नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँ बढ्दै प्रतितोला ७० हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्