नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, नयाँ सभामुखबारे निर्णय हुने



काठमाडौं, असोज २९

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकले नयाँ सभामुखको उम्मेदवारीबारे टुंगो लगाउने सचिवालयका एक सदस्यले बताए । नेकपाभित्र सभामुखमा ओनसरी घर्ती, देव गुरुंग, टोपिबहादुर रायमाझीले जोडबल गरिरहेका छन् । जनार्दन शर्मा पनि आकांक्षी हुन् । सभामुख पूर्वमाओवादीको भागमा भएकाले पूर्वएमालेको दाबी भने देखिएको छैन ।

साथै बैठकमा मन्त्रिपरिषद् हेरफेरका विषयमा पनि विस्तृत छलफल भइरहेको छ । बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी छनोटको विषयमा पनि औपचारिक छलफल गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News