दाङबाट विप्लवका दाई चन्द्रबहादुर चन्द पनि पक्राउ
काठमाडौ. असोज ३०
विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ गर्न प्रहरीले दाङमा चलाएको अपरेशनमा नेत्रविक्रम चन्द ‘विप्लव’का दाईसमेत पक्राउ परेको खुलेका छ ।
प्रहरीले मध्येपश्चिम व्युरो कमाण्डसमेत रहेका चन्दसहित २१ जनालाई महत्वपूर्ण कागजातसहित पक्राउ गरेको हो ।
प्रदेश नम्बर ५ प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त प्रहरी टोललिे समूहको ५ नम्बर व्युरो कार्यालयमा छापा हानेको थियो । प्
रदेश प्रहरीका प्रवक्ता डिएसपी नवराज पोखरेलले पक्राउ पर्नेको विवरण आउन बाँकी रहेको बताए ।