आफ्नो गृहजिल्लाई बद्नाम गरेको भन्दै रवी लामिछाने र ज्ञानेन्द्र शाहीप्रति प्रचण्डको यस्तो कटाक्ष, नेताकार्यकर्तामाथि पनि आक्रोश



चितवन, असोज ३०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मी रवी लामिछाने र सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीप्रति कटाक्ष गरेका छन् । दुबैको नाम नलिइकनै सांकेतिक रुपमा प्रचण्डले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरे ।

नेकपाको चितवन जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदानमा बोल्दै प्रचण्डले देशभरीका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको भन्दै सतर्क रहन आग्रह गरे । प्रचण्डले रवी लामिछानेका समर्थकको आन्दोलन, त्यसपछिको ज्ञानेन्द्र शाहीमाथि आक्रमण र कुटपीट, विप्लवका छोराको मेडिकल शुल्क आन्दोलन तथा नेकपा उम्मदेवारको पराजयतर्फ संकेत गर्दै आफ्नो गृहजिल्ला अराजकता केन्द्र बनाउन खोजिएकोमा आपत्ति जनाए ।

अराजकता फैलाउनेहरुलाई पार्टीकै नेता कार्यकर्ताको समूहले साथ दिएको भन्दै आपत्ति समेत जनाए । ‘प्रतिगामीहरुले धेरै माथि उठेको जिल्ला, पार्टी, नेतृत्वलाई नै आक्रमण गर्छन् र आक्रमणको योजना बनाउँछन्’ उनले भने, ‘धेरै माथिबाट तल खसाल्न सकियो भने हड्डी पनि बाँकी रहँदैन भन्ने उनीहरुलाई लागेको हुनसक्छ, यस्ता प्रवृत्तिहरुलाई चिन्नुपर्दछ ।’

उनले पछिल्लो समयमा कम्युनिष्ट आदर्श स्खलित बनेको पनि टिप्पणी गरे । रुसी कम्युनिष्ट पार्टीको पतनको सन्दर्भ स्मरण गर्दै प्रचण्डले कम्युनिष्ट पार्टीलाई प्रतिगामीबाट नभई आफैभित्र मौलाएको अराजकताबाट खतरा रहेको भन्दै यस्ता प्रवृत्तिहरु हावी हुन दिन नहुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News