चिनियाँ राष्ट्रपतिपछि ट्रम्प र पुटिनको भ्रमण गराउँदै ओली सरकार



काठमाडौं, असोज ३०

सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमणको तयारी सुरु गरेको छ ।
विश्वका नेता बोलाएर सगरमाथा सम्वाद गराउने तयारीमा रहेको सरकारले अमेरिकी र रुसी राष्ट्रपतिलाई नेपाल आमन्त्रण गरेको हो । ‘अमेरिका होस् चाहे रुस उच्चस्तरीय भ्रमणका लागि हामी प्रयासरत छौं’, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले भने । भ्रमणको समयबारे भने खुलाउन नसकिने उनको भनाई छ ।

‘शक्ति राष्ट्रहरुको भ्रमणको हाम्रा लागि खुशीको कुरा हो,’ बाँस्कोटाले भने, ‘डेट कसैको तोक्न सक्दैनौं । यो आ–आफ्नो अनुकूलताको कुरा हुन्छ ।’
सरकारले आफ्नो नीति तथा कार्यक्रममै उच्चस्तरीय राजनीतिक भ्रमणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले थपे, ‘मित्र राष्ट्रबाट उच्चस्तरीय भ्रमणको अपेक्षा गरेका छौं । भ्रमणको संख्या र स्तर बढ्दै जानेछ । सुरक्षा, स्वागत सम्मान गर्न सक्छौं । त्यो चिनियाँ राष्ट्रपतिको भ्रमणमा देखिइसकेको छ ।’

अब नेपाल आफ्नो चासो र आवश्यकताका विषयमा पखेटा फिजाएर संसारभर जान सक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News