बिदाको मौका छोपेर दुई बालिकामाथि शिक्षकद्वारा पटक-पटक यौन शोषण


 



जनकपुरधाम, कार्तिक २
धनुषाको मिथिला नगरपालिकामा एक निजी विद्यालयमा पढ्ने दुई बालिकामाथि शिक्षकले पटक–पटक यौन शोषण गरेको पाइएको छ ।

नगरपालिकाको ढल्केबरमा रहेको ढल्केबर एकेडेमी र्बोिङ स्कुलमा मिनी बोडर्समा पढ्ने सात वर्षीया र ९ वर्षीया बालिकामाथि ४३ वर्षीय शिक्षक टेकेन्द्र दाहालले यौन शोषण गरेको घटना सार्वजनिक भएको हो ।

झापाको मेचीनगर नगरपािलका वडा नम्बर ३ घर भएका शिक्षक दाहालले बालिकालाई बिदाको मौका छोपी ललाईफकाई र डरधम्की दिएर पटक–पटक पटक जबरजस्ती करण गर्दै आएको खुलेको छ ।

उनलाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए । उनी दशैंअघिदेखि नै विदामो मौका छोपेर ती दुई बालिकालाई जबरजस्ती करण गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

बालिकाहरुलाई डरधम्की दिएकै कारण घटना गोप्य राखेको बताइएको छ । घटना सार्वजनिक भएपछि बालिका र शिक्षकको स्वास्थ्य परीक्षण गरिएको छ ।

आरोपी शिक्षकमाथि जबरजस्ती करणीको मुद्दा दायर गरि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्