न्याम्सद्वारा स्नातकोत्तर तहको प्रवेश परीक्षा स्थगित


 



काठमाडौं, कार्तिक २
शनिबार सञ्चान हुने भनिएको स्नातकोत्तर एमडी, एमएस र एमडीएमएसको प्रवेश परीक्षा स्थगित गरिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले परीक्षा स्थगित गरेको सूचना निकालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार नै प्रवेश परीक्षा स्थगित गरएको न्याम्सका डिन प्रा. डा. पियुष दाहालले बताए ।

न्याम्सलाई नयाँ शैषिक सत्रका लागि नेपाल मेडिकल काउन्सिलले एमडी, एमएस, एमडीएमएस ११५ र डिएम, एमसीएचतर्फ २१ सिटमा अध्ययन अध्यापन गर्न स्वीकृति दिएको थियो ।

प्रकाशित मिति: २ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्