पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै


 



काठमाडौं, कार्तिक २
सरकारले शनिबार र आइतबार देशभर पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय सरकारसंगको सहकार्यमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।

शनिबार औषधि खुवाउन छुटेकालाई आइतबार औषधि खुवाउन सकिने मन्त्रालयले जनाएको छ । नजिकको खोप केन्द्र वा वडा कार्यालयमा स्वास्थ्य स्वयमसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाउँछन् ।

पहिलो चरण अन्तर्गत सबै स्थानीय तहका ६ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाखा पोषण शाखा प्रमुख केदार पराजुलीले बताए ।

उनकाअनुसार छ महिनादेखि दुई वर्ष सम्मका बालबालिकाहरुलाई ट्याव्लेट बाँड्ने योजनासमेत छ ।

प्रकाशित मिति: २ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्