महानगरले तीन ठाउँमा आकाशे पुल बनाउँदै, कहाँ–कहाँ थपिदैछन् ?


 



काठमाडौं, कार्तिक २
काठमाडौं महानगरपालिकाले तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ ।

जसअन्तर्गत यस वर्षको योजनाअनुसार माइतीघरमा पुल निर्माणको काम सुरु गरिसकेको महानगरका प्रवक्ता ईश्वरीमान डंगोलले बताए । यस्तै, चाबहिल चोक र जयबागेश्वरीमा पनि यसै वर्षदेखि आकाशे पुल बनाइने छ ।

महानगरको पूर्वाधार विभागका प्रमुख उत्तर रेग्मीले निर्माण सुरु गर्न बाँकी दुई पुलका लागि पनि बोलपत्र आह्वान गरिसकेको बताए । प्रक्रिया सकिने वित्तिकै काम सुरु गर्ने उनले बताए ।

महानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा आफ्नो क्षेत्रभित्र १० वटा आकाशे पुल निर्माण गर्ने योजना अघि सारेको थियो । जसका लागि १२ करोड रुपैयाँ पनि छुट्याएको थियो ।

महानगरले पहिलो वर्षमा कम्तीमा तीनवटा पुल निर्माण गर्नुपर्ने थियो । तर काम सुरु हुन सकेको थिए ।

अहिले सबै ठाउँमा आकाशे पुल नहुँदा पैदल यात्रुलाई सडकबाटै बाटो काट्दा ट्राफिक समस्या उत्पन्न भइरहेको छ ।

प्रकाशित मिति: २ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्