दुई लाख नगदसहित ९ जना जुवाडे पक्राउ


 



काठमाडौं, कार्तिक ३
प्रहरीले दुई लाख चार हजार रुपैयाँसहित काठमाडौको टोखा नगरपालिकाबाट ९ जनालाई पक्राउ लिएको छ ।

नगरपालिकाको वडा नम्बर १० स्थित जीतबहादुर केसीको घरमा जुवा खेलिरहेकाहरुलाई प्रहरीले नगदसहित पक्राउ गरेको हो ।

प्रहरीले सुरु गरेको सर्च अपरेशनका क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: ३ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्