महरा फेरि जेलमै बस्नुपर्ने, अदालतले दियो यस्तो आदेश


 


काठमाडौं– ३ कात्तिक

काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्न आदेश दिएको छ ।

यसअघि प्रहरीले पाएको १३ दिनको म्याद शुक्रबार सकिएको थियो । शनिबार बिदा भएकाले प्रहरीले आइतबार बयान लिएर महरालाई अदालतमा उपस्थित गराएको थियो। न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुनेगरी महरालाई थप ५ दिन थुनामा राख्ने आदेश दिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले महराको बयान लिइसकेको र थपिएको समयमा अन्य अनुसन्धान पुरा गरेर अदालतमा बुझाइने बताए । उनका अनुसार महरामाथि अनुसन्धानका लागि ७ दिन माग गरिएकोमा अदालतले ५ दिन थप गरेको हो ।
संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरा प्रहरी अनुसन्धानमा छन् ।

प्रकाशित मिति: ३ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्