रोशनीले अदालतमै पुगेर बोली फेरिन, न्यायाधीश नै चकित, महरालाई अब के हुन्छ?


 


काठमाडौं, कात्तिक ३
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणीको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनीले शाही अदालत पुगेकी छिन् । शाहीले जिल्ला अदालत काठमाडौंमा निवेदन दिएर आफ्नो बोली फेरेकी हुन् । निवेदनमा उनले ‘बेहोसीमा महरामाथि आरोप लगाएको’ उल्लेख गरेकी छिन् ।

साथै महराले आफूमाथि कुनै दुर्व्यहार नगरेको उनको दाबी छ । महराको निवेदन देखेर अदालतका कर्मचारी र न्यायाधीश नै आश्चर्यमा परेका छन् । यसअघि रोशनीले महराले आफूमाथि बलात्कार गरेको भन्दै भिडियोसहित मिडियामा आएकी थिइन भने महराविरुद्ध तीनकुने प्रहरी वृत्तमा लिखित जाहेरी दिएकी थिइन् ।

पछि फेरि असोज १५ गते पति चित्रजंग शाहीलाई रोहवरमा राखेर दुर्व्यवहार नभएको भन्ने व्यहोरा लेखिएको निवेदन महानगरीय प्रहरी वृत्त तीनकुनेले दर्ता गर्न अस्वीकार गरेको थियो । प्रहरीबाट अस्वीकार भएपछि रोशनी निवेदन बोकेर न्यायाधीश बाबुराम सुवेदीकहाँ पुगेकी हुन् । सुवेदीले निवेदन बुझेका छन् । यससँगै महरा काण्डमा नयाँ ट्वीस्ट आएको छ । महरामाथि अब कस्तो कारवाही अगाडि बढाउने भन्नेमा न्यायालय नै अन्योलमा परेको छ ।

यता महराको म्याद थप सम्बन्धी आदेश न्यायाधीश सुवेदीले नै दिँदै आएका छन् । आइतबार न्यायाधीश सुवेदीको इजलासमा रोशनीले महराबाट कुनै दुर्व्यवहार नभएको स्पष्ट पारेकी छिन् । उनले बेहोसीमा आरोप लगाएको समेत भनेकी छिन् । ‘असोज १२ गते रातिको समयमा मैले बेहोसी अवस्थामा घटना भएको भन्दै प्रहरीको कन्ट्रोल नम्बर एक सयमा फोन गरी प्रहरीलाई बोलाउन पुगेछु ।

मैले फोन गरेपछि प्रहरी आएर कोठामा खानतलासी गर्दा कसैलाई भेट्टाउनु भएनछ,’ उनले विनदेनमा उल्लेख गरेकी छिन्, ‘प्रहरी गएपछि पनि मैले कस–कसलाई बोलाएँ । के के भने थाहा पाइनँ । म पछि होसमा फर्केर सामान्य अवस्थामा आउँदा विभिन्न मिडियामा मेरो र कृष्णबहादुर महराको नाम जोडेर विभिन्न किसिमका लाल्छना लगाउँदै आएका समाचार पढेर म नै अचम्ममा परेँ ।’

‘उक्त दिन (असोज १२) कृष्णबहादुर महरा मेरो कोठामा आउनु नै नभएकाले मिडियामा बाहिर आएका कपोलकल्पित समाचारहरु सबै झुटा छन् भनी यो निवेदन पेश गरेकी छु । मेरो मानसिक तथा शारीरिक अवस्थाको फाइदा उठाइ गलत प्रचार गर्ने सम्पूर्ण समाचारहरु तथ्यहीन भएकाले खण्डनसमेत गदर्छु’, निवेदनमा भनिएको छ ।

अगाडि भनिएको छ, ‘प्रहरीको बहकाउमा आएर कृष्णबहादुर महराविरुद्ध जाहेरी दिन बाध्य भएँ । ‘पुलिसले मलाई जवरजस्ती जाहेरी दिन लगायो । पुलिसले जवरजस्ती उजुरी लेखाएको हो, मैले बहकाउमा आएर उजुरी दिएँ ।’

प्रकाशित मिति: ३ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्