तिहारको भोलिपल्ट पनि विदा ! नेवाः समुदायले भेटे प्रधानमन्त्री


 


काठमाडौं, कात्तिक ३

प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः समुदायको भाइटीका (किजा पूजा) का लागि यही कात्तिक १३ मा बिदा दिन आफू सकारात्मक रहेको बताएका छन् ।

पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेका सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नं ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले आज प्रधानमन्त्री ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेको थियो ।

भेटपछि सांसद श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर माग सम्बोधनका लागि सकारात्मक जवाफ दिनुभएको जानकारी दिए। प्रदेश सांसद शाक्यले पञ्चाङ्ग समितिको निर्णयलाई आधार मान्दा चतुर्दशीमा लक्ष्मीपूजा गर्नुपर्ने र त्यो सम्भव नहुने बताए ।

नेवाः समुदायको परम्परा अनुसार नेपाल संवत्को नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने चलन छ । त्यो दिन नेवाः समुदायले दिनभरी धुमधामसँग नेपाल संवत् मनाउँछन् र बेलुका म्हपूजा गर्छन् । पञ्चाङ्ग निर्णायक समितिले बिहान म्हपूजा गर्न तोकेको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्