किशोरी बलात्कार आरोपी विद्यार्थी नेता बर्खास्त (विज्ञप्तिसहित)




काठमाडौं, कार्तिक १३
१८ वर्षीया किशोरी बलात्कार आरोप लागेका विद्यार्थी नेता इन्द्रहाङ राईलाई बर्खास्त गरिएको छ । अहिले हिरासतमा रहेका नेकपा निकट अनेरास्वयीका नेता तथा आरआर क्याँपसका स्ववियू सहसचिव राईलाई स्ववियूले बर्खास्त गरेको हो जनाएको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै स्ववियू सभापति तपेन्द्र शाहीले राईलाई बर्खास्त गरिएको जानकारी दिए । विज्ञप्तिमार्फत राईलाई आगामी दिनमा स्ववियूका कुनैपनि कार्यक्रममा सहभागि नगराइनेसमेत जानकारी दिइएको छ । किशोरीको बयान र उजुरीका आधारमा राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार विहान पक्राउ गरेको थियो ।

पीडित किशोरीले सोमबार राति प्रहरीलाई सम्पर्क गरि राईले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसलगत्तै प्रहरीले किशोरीलाई उद्धार गरेको थियो । राईले काम छ भन्दै बोलाएर आफ्नै साथीको कोठामा लगेर बलात्कार गरेको किशोरीले बताएकी छन् ।

महानगरीय परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले घटनाबारे आरोपितलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News