उपनिर्वाचनको एक महिना बाँकी, उम्मेद्वार छान्न कांग्रेसलाई सकस




काठमाडौं, कार्तिक १४
उपनिर्वाचनको तोकिएको मिति आउन अब ठिक एक महिना मात्रै बाँकी छ । उपनिर्वाचन आगामी मंसिर १४ गतेका लागि तोकिएको छ । त्यसका लागि अहिले दलहरु उम्मेद्वार छान्न व्यस्त छन् ।

उपनिर्वाचन छान्ने समय पनि अब एक साता मात्रै बाँकी छ । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार यही कार्तिक २१ गते उम्मेद्वार मनोनयत दर्ताको मिति तोकिएको छ । अब यो एक सातामा उपनिर्वाचनमा भाग लिने दलहरुले उम्मेदवार छानिसक्नुपर्ने छ ।

उपनिर्वाचनका लागि उम्मेद्वार छान्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई भने सकस भएको छ । तीनवटै तहका उम्मेद्वार छान्नका लागि नेताहरु लागिरहेका छन् । धेरै ठाउँमा विवाद नै छ ।

विभिन्न ठाउँका कांग्रेस क्षेत्रीय समितिहरुले विधानविपरित एक भन्दा बढी आकांक्षीहरुको नाम केन्द्रमा पठाएपछि उम्मद्वार चयनमा कठिनाई भएको छ ।

विधानमा प्रदेशसभा र प्रतिनिधिसभा उम्मद्वारका लागि प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । उपनिर्वाचनमा प्रतिनिधिसभा अन्तर्गत कास्की २ र प्रदेशसभा भक्तपुर, बागलुङ र दाङमा एक÷एक निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ ।

प्रतिनिधिसभातर्फ कास्की २ बाट १६ जना आकांक्षीको नाम पठाइएको छ । यसैगरि प्रदेशसभातर्फ भक्तपुरबाट १०, बागलुङबाट चार जना र दाङबाट ११ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News