युवा संघको एकीकरण टुंगियो, कुन जिल्ला कसको भागमा पर्यो ?




काठमाडौं, कार्तिक १७
सत्तारुढ दल नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीको एकीकरण प्रक्रिया टुंग्याएको छ । हिजो बसेको बैठकले ७७ वटै जिल्लाको एकीकरण टुृंग्याएको हो ।

सहमतिअनुसार तत्कालिन एमाले निकटले ४२ जिल्ला र माओबादी निकटले ३५ जिल्लाको अध्यक्ष पाउने गरि भागबण्डा टुंगिएको छ । त्यसैगरि जिल्ला इन्चार्जमा तत्कालिन एमाले सम्बद्धलाई ३५ र माओबादी सम्बद्धलाई ४२ जिल्ला दिइएको युवा संघले आइतबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

युवासंघका संयोजक रामप्रसाद सापकोटाले जिल्ला, महानगर र उपमहानगरपालिकाको नेतृत्व टुंगिएको बताए । यद्यति, नेतृत्वमा को रहने भन्नेबारे भने टुंग्याइएको छैन । उहाँकाअनुसार बरिष्ठता र सक्रियताका आधारमा नेतृत्वको टुंगो पनि एक हप्ताभित्र लगाइने छ ।

युवा संघको प्रदेश, जिल्ला, महानगर, र उपमहानगरपालिकामाको इन्चार्ज र सहइन्चार्जमा केन्द्रीय समितिका सदस्यहरुलाई पठाउने निर्णय गरिएको छ । यसैगरि समितिको बैठकले कार्तिक ३० गते केन्द्रीय समितिको बैठक र मंसिर १ गते राष्ट्रिय भेला बोलाउने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News