सिमेन्ट कारखानामा मजदूरको मृत्यु



दाङ, १७ कात्तिक

घोराही उपमहानगरपालिका–३ मा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्ने एक मजदूरको खसेर मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोदविक्रम शाहका अनुसार भारत उत्तर प्रदेश स्थायी घर भई हाल सो कारखानामा बस्ने ४५ वर्षीय रमेशकुमार पटेल सिमेन्ट कारखानाको निर्माण हुँदै गरेको भवनमा फर्मा राख्ने क्रममा खसेर सख्त घाइते भएकामा उपचारका क्रममा आज उनको मृत्यु हो ।

शनिबार बेलुका साढे ८ बजे खसेर घाइते भएका पटेललाई उपचारका लागि कोहपुरस्थित शिक्षण अस्पताल लगिएको थियो । मृतकको शव उक्त अस्पतालकै शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News