बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पूर्व-पश्चिमराजमार्ग अवरुद्ध
कैलाली, १७ कार्तिक
कैलालीमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिकाको पहलमानपरमा बस र मोटरसइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरस्थित बसको ठक्करबाट मोटरसाइकल चालक सोही ठाउँमा ४० वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको हो । चौधरीको मृत्यु भएपछि आफन्तहरुले राजमार्ग अवरुद्ध पारेका छन् ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको भे १ ख १७३२ नम्बरको बस र बाटो काटिरहेको से ३ प ६३७६ नम्बरको मोटरसाइक एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनमा परेर ४२ मानबहादुर चौधरी घाइते भएका छन् । उनको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।