उपनिर्वाचनमा यी हुन् नेकपाका उम्मेदवार : कसले कहाँबाट टिकट पाए ? (सूचीसहित)


 


काठमाडौं, कात्तिक १७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभा अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर २ मा विद्या भट्टराईको नाम टुंगो लगाएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रदेशसभा अन्तर्गत दाङ ३ ख मा विमला ओली र भक्तपुर १ क मा देवीप्रसाद ढकाल (डिपी) उम्मेदवार बन्ने तय भएको छ। बाग्लुङ २ ख मा भने नेकपाले राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने निर्णय गरेको छ।

धरान उपमहानगरपालिकाका मेयर पदका लागि प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए। मंसिर १४ मा विभिन्न ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति: १७ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्