मृतकको शव सडकमै, राजमार्ग अवरुद्ध




कैलाली, कात्तिक १८
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० मा हिजो भएको सडक दुर्घटनामा मृत्यु भएका रामबहादुर चौधरीको शव सडकबाट अझै उठाइएको छैन ।

बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मृत्यु भएका मोटरसाइकल चालक चौधरीको शव १५ घण्टादेखि सडकमै छ । घटनाको विरोधमा स्थानीयले सडक अवरुद्ध पारेका छन् ।

कञ्चनपुरको दोधारा चाँदनीबाट पिकनिकका लागि नेपालगञ्ज जाँदै गरेको भे १ ख १७३२ नम्बरको बसले घोडाघोडी नगरपालिका वडा नम्बर १० मा से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का ४२ वषीय मानबहादुर चौधरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको छ । रामबहादुर चौधरीको भने घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News