हाइट्रपावरको सुरुङ भत्किदा चार जना बेपत्ता




धनगढी, १८ कार्तिक
बझाङको बुंगलमा हाइड्रोपावर भत्किदा चार जना बेपत्ता भएका छन् । बुंंगल नगरपालिका वडा नम्बर १ स्थित कालंगा हाइड्रोको काम गर्नेक्रममा सुरुङ भत्किदा चार जना मजदुर थ्ुनिएका हुन् ।

बेपत्ता हुनेमा दैलेखका कर्णबहादृुर शाही, महेन्द्र शाही, अछामका महेन्द्र साउँद र बझाङका शेरसिंह धामी रहेका छन् । उनीहरुसहित हिजो दिउँसो ६ जना सुरुङ भित्र छिरेका थिए । तर, स्वाँस फेर्न गाह्रो भयो भनेर दुई जना फिर्ता आएका थिए ।

चार जना भने अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्ष (डीएसपी) गणेशबहादुर बमले बताए । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी उद्धारमा जुटेका छन् ।

सुरुङ भत्किएकाले काठमाडौंबाट पनि उद्धार टोली बोलाएको डीएसपी बमले बताए । ७५ मेगावाटको क्षमताको कालंगा हाइड्रोको उक्त सुरुङ तीन सय मिटर लामो छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News