यी हुन् सात प्रदेशका प्रदेश प्रमुख, मंगलबार सपथ



काठमाडौं, कात्तिक १८
सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सरकारले सिफारिस गरेका व्यक्तिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त समेत गरेकी छन् । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।

बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको हो ।

यसअघि नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखका लागि यी नाम सिफारिस गरेको थियो । सरकारले प्रदेश प्रमुखको नाम सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि भोलि बिहान सपथ गराउने कार्यक्रम छ । सिफारिस भएका नामहरुमा चार जना पूर्व एमाले र तीन जना पूर्व माओवादीबाट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News