नेपालमा बोलिने थप ६ वटा भाषा थपिए, भाषाको संख्या १२९ पुग्यो
काठमाडौं, कात्तिक १८
नेपालमा बोलिने थप ६ वटा भाषाको पहिचान भएको छ । यससंगै अब नेपालमा बोलिने भाषा संख्या १२३ बाट १२९ पुगेको छ ।
नेपालमा थप राना थारु, नार फु, चुम (स्यार) नुुब्री (लार्र्के) पोइके र सेराके भाषाको पहिचान भएको हो । यी भाषाहरु क्रमशः कैलाली र कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने गरेको पाइएको छ ।
चुम (स्यार) र नुब्री (लार्के) दुई वटा भाषा गोरखामा बालिने गरेको पाइएको छ । नेपालमा अझै धेरै भाषाहरु मौखिक रुपमा बोलिने गरेको भएपनि लख्य पद्धति भने अझै विकास भइसकेको छैन ।
भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ भाषाको पहिचानसहितको वार्षिक प्रतिवेदन पेश गरेको छ ।