नेता कार्यकर्तासहित वडाध्यक्ष नेकपामा प्रवेश
बाग्लुङ, कात्तिक १९
बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेकपामा प्रवेश भएका छन् ।
उनी देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । मोर्चाका नेता, कार्यकर्तासहित घर्ती नेकपामा प्रवेश भएका हुन् । नेकपामा प्रवेश गर्नेमा मोर्चाका गण्डकी प्रदेश समितिका कोषाध्यक्ष एवं जिल्ला सदस्य गुञ्जबहादुर भण्डारीसमेत छन् ।
पार्टी प्रवेश गर्नेलाई नेकपाका केन्द्ीय सदस्य एवं जिल्ला इन्चार्ज बलावती शर्मा, प्रदेश सभा सदस्य चन्द्रबहादुर भण्डारीले स्वागत गरे ।