प्रदेश प्रमुखले लिए राष्ट्रपति समक्ष सपथ




काठमाडौं, कात्तिक १९
नयाँ नियुक्त भएका सातवटै प्रदेशका प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत पद तथा गोपनीयताको सपथ लिएका छन् ।

आज विहान एक समारोहकाबीच राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखलाई सपथ ग्रहण गराएकी हुन् । यससंग अब प्रदेश प्रमुखहरु आ–आफ्नो कार्यक्षेत्रमा गएर काम गर्नेछन् ।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालगायतको उपस्थिति रहेको थियो । सरकारले विहीबार सातवटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएपछि नयाँ प्रदेश प्रमुख चयन गरिएको थियो ।

सत्तारुढ दलको सिफारिसमा प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला कुमारी पन्तलाई नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News